बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँको घाँसीकुवामा फेरि पहिरो, पृथ्वी राजमार्ग एकतर्फी

तनहुँको घाँसीकुवामा फेरि पहिरो, पृथ्वी राजमार्ग एकतर्फी


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८१, शुक्रबार

दमौली / तनहुँको घाँसीकुवामा फेरि पहिरो खसेको छ। शुक्रबार बिहान ४ बजे तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा लेदोसहितको पहिरो खस्दा सडक अवरूद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाइँका अनुसार पहिरो आंशिक हटाएर बिहान ८ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

पानी परिरहेकाले अहिले पहिरो पन्छाउने काम रोकिएको र सडक एकतर्फी नै रहेको उनले जानकारी दिए। यसअघि भदौ पहिलो साता सोही ठाउँमा ठूलो पहिरो खस्दा सडक ठप्प भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->