बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोउवा अध्यक्षका प्रत्यासि कार्कीको पर्यटन व्यवसायीसंग भेट

पोउवा अध्यक्षका प्रत्यासि कार्कीको पर्यटन व्यवसायीसंग भेट


  • Dhorpatan News
  • भाद्र २५ २०८१, मंगलबार

पोखरा / पोखरा उद्योग वाणिज्य संघको आसन्न ३५ औं महाधिवेशनका लागि उम्मेदवारहरु आफ्नो प्रचार अभियानमा व्यस्त भएका छन । निर्वाचनमा २०५५ सालदेखि संघमा प्रत्यक्ष परोक्ष रुपमा संलग्न हुँदै विभिन्न पदहमा रहेर काम गरिसकेका हालका वरिष्ठ उपाध्य गोकर्ण कार्की अध्यक्षका प्रत्यासि रहेका छन् ।

अघिल्लो पटक पवन प्रजापतिसंग पराजित भएका पूर्व महासचिव अर्जुन पोखरेल टिमसहित चुनावि मैदानमा उत्रिएका छन् भने, केहि निर्विरोध भई सकेका छन् । तर आधिकारीक घोषणा भने गरिएको छैन ।

उम्मेदवारहरु प्रचारमा गइरहँदा यहाँ हुने विभिन्न कार्यक्रममा सरिक भएर प्रचारको मेलो सार्ने गरेका छन् । आफुलाई पदिय क्रमानुसार र स्वभावतः प्राकृतिक न्यायको सिद्धान्त अनुसार वरिष्ठ उपाध्यक्षपछि पुग्ने ठाउँ अध्यक्षको पद नै भएको बताउने गोकर्ण कार्कि डेंगीको उपचारसंगै सामाजिक सञ्जाल, फोन र सकेका कार्यक्रममा सरिक भएर मत मागिरहेका छन् । बिगतका निर्वाचनमा आकर्षक मत पाएर जित हाँसिल गरेको कार्की यसपटक अध्यक्षका लागि व्यवसायीबाट सोही माया पाउनेमा ढुक्क छन् ।

मंगलबार नेपाल हवाई खेलकुद संस्थाको १२ औं साधारण सभा तथा १० औं अधिवेशनमा पुगेर पोखराका पर्यटन व्यवसायीसंग प्रतिकुल स्वास्थ्य हुँदाहुँदै र उपचारकै क्रममा रहेको जनाउँदै व्यवसायीसंग भेटघाट र सहयोगको अपेक्षा व्यक्त गरे ।

आफ्ना मुद्धाहरुमा कृषि, उत्पादनका क्षेत्रहरुको पहिचान र उत्पादन तथा उत्पादित बस्तुहरुको ब्राण्डिङ र बजारिकरण विशेष चासो जाहेर गरेका कार्किले आर्थिक चुनौतीको प्रसव पिडामा रहेका व्यवसायीसंग संगै हिडेर केहि फरक काम गर्न चाहेको बताए ।

पोखराको लागि नीजि क्षेत्र कहिल्यै पछि पर्दैन । अब तीनै तहका सरकारसंग र विशेष पर्यटकीय राजधानी पोखराको लागि स्थानीय सरकारसंग साझेदारी गरेर काम गर्न आत्तुर रहेको बताए । उनले भने, केहि काम त भएको छ । पोखरा महानगरपालिको व्यावसायिक प्रवर्धन केन्द्रसंग साझेदारीमा काम भएको छ । अन्य धेरै विषयहरुसंग जोडिएर कार्य गर्न सकिने संभावना पनि देखेको कार्कीले बताए ।

छुट्ने बेलामा कार्कीले भने, प्राकृतिक रुपले, न्यायीक रुपले र स्वयंसिद्ध तथ्यले क्रमअनुसार मेरो पुग्ने ठाउँ अध्यक्षको पद नै भएकोले सहयोगको अपेक्षा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->