शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भैँसीपालनबाट मनग्य आम्दानी गर्दै फेदीखोलाका विष्णुप्रसाद, ७ करोड लगानी, १५ जनालाई रोजगारी

भैँसीपालनबाट मनग्य आम्दानी गर्दै फेदीखोलाका विष्णुप्रसाद, ७ करोड लगानी, १५ जनालाई रोजगारी

सरदर वर्षमा तीन करोडको दूध बिक्री हुने र गोबर मलबाट पनि आम्दानी हुने गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८१, बुधबार

स्याङ्जा/जिल्लाका एक कृषकले भने बाँझो जमिनको सदुुपयोग गर्दै भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
फेदीखोला गाउँपालिका–१, मट्टिखानका कृषक विष्णुप्रसाद पोखरेलले स्वदेशमै भैंसीपालन ब्यावसायवाट आम्दानी गर्दै आएका हुन् । २६ रोपनी आफ्नो, ५० रोपनी बन्धकी र ५० रोपनीलाई चाहिँ वर्षको प्रतिरोपनी एक हजार रुपैयाँमा भाडामा लिएर उनले भैंसीपालन गरेका हुन् ।
फेदीखोला बजारमा किराना पसल गर्दै आएका पोखरेल गाउँको जग्गा बाँझो भएपछि ४ वर्षअघि व्यवसाय छोडेर पशुपालनमा होमिएका थिए ।
सुरुमा उनले १० वटा मुर्रा भैंसी र गोठका निम्ति ४० लाख लगानी गरे । २०७७ सालमा जनविश्वास कृषि तथा पशु बहुद्देश्यीय फर्म दर्ता गरी व्यवसाय सुुरु गरेका उनले त्यसपछि पछाडि फर्कनु परेको छैन ।
फार्ममा अहिले १३० उन्नत जातका माउ र ५० पाडापाडी गरी १ सय ८० रहेका छन् भने ३० माउ र ४० बाच्छी गरी ७० वटा गाई रहेका छन् ।
१५ वटा हरियाना र ११५ गुजराती मुर्रा तथा होलेस्टन र मिनी जर्सी गाईहरु आफ्नो फार्ममा रहेको उनले जानकारी दिए ।
फार्ममा ४० भैँसी र १५ गाई दुहना रहेको बताउँदै पोखरेलले दैनिक छ सय लिटर दूध उत्पादन हुने पनि सुनाए । हरेक महिनामा ४ वटा भैंसी र गाई ब्याउने र मासिक दूध बिक्रीबाट ८० हजार बचत हुने उनको भनाइ छ ।
सरदर वर्षमा तीन करोडको दूध बिक्री हुने र गोबर मलबाट पनि आम्दाी हुने गरेको बताउँदै उनले भने, ‘कमाइको आधा बचत हुन्छ, त्यो पनि मैले व्यवसायमै लगाएको छु ।’
हालसम्मको लगानी सात करोड बराबरको पुगेको र जिल्लाको ठूलो कृषि फार्म बनाउने लक्ष्य लिएको पनि उनले सुनाए ।
उत्पादित दूध फेदीखोलाको कुभिण्डे, सर्केटारीसहितका बजार, पुतलीबजारको नागडाडाँ र आँधीखोलाको सेतिदोभान र पोखरासम्म पुग्छ । भंैसीको दूध १४० र गाईको ११० रुपियाँ लिटरमा बिक्री गर्ने गरेको उनले बताए ।
आफूले अहिलेसम्म कुनै अनुदान नलिएको बताउँदै पोखरेलले अनुदान लिएर व्यवसाय गर्नेले सफलता हासिल नगर्ने ठोकुवा गरे । उनले आफनो र भाडाको जग्गामा नेपियर, सुपर नेपियर, खर लगायतका घाँस लगाएका छन् भने १५ जनालाई रोजगारीसमेत दिएका छन् ।
रोजगारीमा रहेकाले खाना र बस्न छाडेर कम्तिमा २० हजार र बढीमा २८ हजारसम्म तलब पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->