बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मानवसेवामा जेसीज बागलुङको स्वास्थ्य शिविर

मानवसेवामा जेसीज बागलुङको स्वास्थ्य शिविर


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८१, बिहिबार
?

बागलुङ/जेसीज सप्ताहको तेस्रो दिन बागलुङ जेसीजले मानवसेवा आश्रममा स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।
धौलागिरि अस्पतालसँगको सहकार्यमा बिहिबार भएको शिविरमा आश्रममा आश्रित ६० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त अवसरमा ५० जनाको मधुमेह परीक्षण, ४५ जनामा एचआइभी परीक्षण गरिएको बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले जानकारी दिए ।
सुगर, प्रेसर समस्या भएका बिरामीलाई भने औषधी बिरतण गरिएको थियो । बागलुङ जेसीजका पूर्व अध्यक्ष तथा राष्ट्रिय उपाध्यक्ष सौरभ श्रेष्ठको अगुवाईमा श्रीकृष्ण मेडिको फर्माबाट संकलित औषधी बिरामीलाई निशुल्क दिइएको हो ।
मानवसेवा आश्रममा जेसीजले अन्य आवस्यक सामाग्री पनि दिएको थियो । शिविर संचालनको क्रममा धौलागिरि अस्पतालका ल्याब टेक्निसियन हरि ढुंगाना, बागलुङ जेसीजका बिशिष्ट सदस्य राजेन्द्र आचार्यले मन्तव्य दिए । बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, उपाध्यक्ष बलराम कँडेलको स्वागत र कार्यक्रम संयोजक मिलन खत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->