बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा जिल्ला हुलाक कार्यालय स्थापना

नवलपुरमा जिल्ला हुलाक कार्यालय स्थापना


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८१, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशको नवलपुर जिल्लामा जिल्ला हुलाक कार्यालय स्थापना भएको छ । संघीयता कार्यान्वयनसँगै साविकको नवलपरासी जिल्लालाई पूर्वी र पश्चिम गरी दुई जिल्लामा विभाजन गरेर गण्डकी र लुम्बिनी प्रदेशमा बाडिएपछी गण्डकीको नवलपुरमा जिल्ला हुलाक कार्यालय थिएन ।

सदरमुकाम कावासोतीमा रहेको हुलाक कार्यालयलाई नै जिल्ला हुलाक कार्यालयमा रुपान्तरण गरेर कामकाज सुरु गरिएको जिल्ला हुलाक कार्यालय कावासोतीका निमित्त प्रमुख केशबहादुर खण्डलुले बताए । जिल्ला हुलाक कार्यालय नहुँदा पत्रपत्रिकाको नवीकरण, लोककल्याणकारी विज्ञापनको भुक्तानी, एफएम रेडियोको नवीकरण लगायत काममा पश्चिम नवलपरासीको सदरमुकाम परासी जानुपर्ने बाध्यता अव हटेको छ । कार्यालय स्थापनासँगै जिल्लाको ८ वटै पालिकामा पालिकास्तरीय हुलाक कार्यालय पनि स्थापना भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->