आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी प्रदेश तेक्वान्दो संघबाट पलेशा र प्रशिक्षक कविराज सम्मानित हुदैँ

गण्डकी प्रदेश तेक्वान्दो संघबाट पलेशा र प्रशिक्षक कविराज सम्मानित हुदैँ


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८१, शुक्रबार

पोखरा/ गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजना एवं कास्की जिल्ला तेक्वान्दो संघको सहयोगमा पेरिस पारा ओलम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गर्ने भएको छ । पोखरा रंगाशालमा आइतबार बिहान ७ः३० बजे विशेष कार्यक्रमको आयोजना गरी पलेशा र कविराजलाई सम्मान गर्न लागिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा प्रदेश सरकारका तर्फबाट समेत मुख्यमन्त्री पाण्डेले नगद तथा सम्मान–पत्रबाट सम्मान गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए । उनले पलेशा र प्रशिक्षक कविराजलाई इच्छुक संघसंस्था एवं प्रतिष्ठानले नगद सहित सम्मान गरिदिनुहुन आग्रहसमेत गरेका छन ।

कार्यक्रममा सामाजिक बिकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र पोखरा महा–नगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेश खेलकुद परिषद् र महानगरका विभिन्न वडा र पोखरा स्थित संघसंस्था, उद्योग व्यवसायी लगायत खेलकुद प्रेमीहरुले समेत आर्थिक रुपमा पेलशा र प्रशिक्षक कविराजलाई सम्मान गर्ने आयोजक संस्था गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले जानकारी दिए । सम्मान कार्यक्रमका लागि विभिन्न खेल संघ र खेलाडीहरु बीच छलफल भएको तयारी तिव्र पारिएको जिल्ला अध्यक्ष कुमार गुरुङले बताए ।

पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन । यस अगाडि नेपाल तेक्वान्दो संघले पलेशालाई दश लाख र प्रशिक्षक कविराजलाई ३ लाख नगदसहित सम्मान गरिसकेको छ भने नेपाल सरकारबाट समेत ६५ लाख नगद सहित सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->