आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा विद्यालयस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु

पोखरामा विद्यालयस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८१, शुक्रबार

पोखरा/ पोखरामा शुक्रबार देखि दुइदिने २० औ इन्द्रबहादुर गुरुङ मेमोरियल विद्यालयस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला ब्याटमिन्टन संघको आयोजनामा पोखरा रंगशालामा रहेको ब्याटमिन्टन हलमा प्रतियोगिता सुरु भएको हो ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना भएको प्रतियोगितामा कास्की जिल्लाका विभिन्न ४० विद्यालयका १ सय ९५ विद्यार्थीले सहभागिता जनाएका छन । खेलको विकास तथा विस्तार गर्ने, स्कुलका विद्यार्थी मा ब्याटमिन्टन खेल प्रति रुचि जगाउने, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने लक्ष्यसहित उक्त प्रतियोगिता आयोजना गरिएको कास्की जिल्ला ब्याटमिन्टन संघका उपाध्यक्ष एंव प्रतियोगिता संयोजक विशाल खड्काले जानकारी दिए ।

कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको सहभागितामा छात्रा तथा छात्र गरि २ विधामा ९ क्याटागोरीमा स्पर्धा हुदैछ । खड्काका अनुसार प्रतियोगितामा कक्षा १–५ सम्मका छात्र–छात्रा सिङ्गल, कक्षा ६– ८ सम्मका छात्र–छात्रा सिङ्गल, कक्षा ९–१० सम्मका छात्र–छात्रा सिङ्गल, कक्षा ११–१२ का छात्र–छात्रा सिङ्गल तथा कक्षा ११–१२ का छात्र डबल्स गरि ९ वटा क्याटागोरीमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रमुख अतिथि प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले प्रतिायोगिताको उद्घाटन गरे । उनले विद्यालयस्तरिय प्रतियोगिताले विद्यार्थीहरुको बिचमा भाइचाराको विकास हुनुका साथै स्तरीय खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले ‘विद्यालयस्तरबाट सञ्चालन हुने प्रतियोगिताले नै उत्कृष्ट खेलाडी उत्पादन गर्ने थलो भएको बताए । उनले खेल क्षेत्रको विकास र विस्तारमा इन्द्रबहादुर गुरुङको योगदानको स्मरण गर्दै प्रतियोगितालाई निरन्तर रुपमा सञ्चालनका लागि आगामी दिनमा साथ र सहयोग रहने प्रतिबद्धता समेत गरे ।

कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले प्रतियोगिताले विद्यार्थीहरुलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त हुने बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुनेलाई ट्रफि, मेडल, प्रमाणपत्र र प्रोत्साहन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । शुक्रबार प्रिक्वाटर सम्मका खेलहरु सम्पन्न हुने प्राविधिक टोलीका ज्ञानेन्द्र भण्डारीले बताए ।  कास्की जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष शुशिल कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उद्धघाटन सत्रमा स्व.इन्द्र बहादुर गुरुङका श्रीमति जगदेश्वरी,छोरी कञ्चन गुरुङ लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विशाल खड्का र कार्यक्रम संचालन सचिव फणिन्द्र तिमिल्सनाले गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->