बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जनप्रिय सहकारीको २१ औं वार्षिकोत्सव

जनप्रिय सहकारीको २१ औं वार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८१, आइतबार

लेखनाथ/जनप्रिय सहकारी संस्थाले शनिबार आफनो २१ औं वार्षिकोत्सव मनाएको छ ।
स्थापनाकालदेखि नै जनमुखि काम गर्दै आएको सस्थाले एक हजार ९१ सेयर सदस्यहरुबाट कुल तीन करोड,९५ लाख १७ हजार आठ सय सेयर पुँजी वनाउन सफल भएको छ भने आगामी आर्थिक वर्षका लागि सेयर सदस्य एक हजार दुई सय पु¥याउने र सेयर पुँजी झैण्डै चार करोड ७२ लाख पु¥याउने महोत्वकाक्षी योजनालाई अगाडी सारिएको छ ।
यसैविच सस्थाको वार्षिक साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले आफनो वडा भित्र रहेका सहकारीहरुलाई संठित गरेर उत्पादनसिल क्षेत्रम लगानी वढाउनु अनुरोध गर्ने र सहकारीमा देखिएका विषयगत त्रुटिलाई कसरी सुधार गर्न सकिन्छ भन्ने सवालमा साझा अवधारणाको आवस्यकतअ समेत रहेको अध्यक्ष थापाको भनाई रहेका थियो ।
कार्यक्रममा सस्थाका निर्वतमान अध्यक्ष मुरारी वरालले सस्थागत हितका बारेमा सोच विचार गर्ने हो भने कुनै पनि सहकारीहरु संकटमा नपर्ने ठोकुवा गरेका थिए भने पुर्व अध्यक्षहरुको तर्फबाट रामजी थापाले सहकारीलाई हेर्ने निकाय नै फितलो र कमजोर सहकारी निती कै कारण धेरै सहकारीहरु समास्यमा परेकाले राज्यले अभिभावकत्व निभाउन नसकेको तर्फ संकेत गरेका थिए ।
सस्थाका अध्यक्ष रविन्द्रमोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरुको तर्फबाट नारायण प्रसाद वराल, जनजागृती महिला सहकारीका अध्यक्ष कल्पना रानाभाट, महिला सेयर सदस्यहरुको तर्फबाट पर्मिला भण्डारी, पुरुष सेयर सदस्यहरुबाट सुदिरमणि लामिछाने, बचतकर्ता सरस्वती ढुगाना र पवित्रा ढुगानाले सहकारीको समाजिक क्षेत्रमा पु¥याएको योगदानकै कारण जनतामा विस्वास नित्न सफल भएको विचार राखेका थिए ।
सस्थाका विभिन्न वार्षीक योजनामा सफलता हात पार्न सफल सेयर सस्दस्यहरुलाई सन्मान गरिएको कार्यक्रमको संचालन सचिव रंगनाथ तिमिल्सीनाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष खेमप्रसाद भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->