आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

परिषदको वार्षिक प्रतिवेदन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीलाई हस्तान्तरण

परिषदको वार्षिक प्रतिवेदन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीलाई हस्तान्तरण


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८१, आइतबार

पोखरा/ प्रदेश खेलकुद परिषद गण्डकीको २०८०/०८१ को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरिएको छ ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री तथा प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका विन्दुकुमार थापाले उक्त वार्षिक प्रतिवेदन सरकारका मुख्यमन्त्री एवं परिषदका संरक्षक पाण्डेलाई हस्तान्तरण गरेका हुन् । मुख्यन्त्री कार्यालयमा प्रतिवेदन हस्तान्तरण गरेसंगै मुख्यमन्त्री पाण्डेले उक्त प्रतिवेदन सार्वजनिक समेत गरे ।

सो अवसरमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्मा, परिषदका महाशाखा प्रमुख रामप्रसाद आचार्य, परिषदका सदस्य केशव पाठकको सहभागिता रहेको थियो ।

परिषदले तयार पारेको वार्षिक प्रतिवेदनमा परिषदले आर्थिक वर्ष २०८०/०८१ मा गरेका सम्पादित कार्यक्रमहरु, परिषदको संगठनात्मक संरचनाहरु र वार्षिक बजेट, उपलव्धि,चुनौती र भावी योजनाहरु लगायतका विषयहरु समेटिएका छन् ।

परिषदले प्रकाशित गरेको उक्त प्रतिवेदनको सम्पादन मण्डलमा परिषदका सदस्य एवं खेलकुद पत्रकार केशव पाठक संयोजक तथा सदस्यहरुमा महाशाखा प्रमुख राम प्रसाद आचार्य, अधिकृत तोपलाल भुसाल र लेखा अधिकृत निलकण्ठ ढकाल रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->