बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गण्डकी बहुप्राविधिक शिक्षालयको अभिमुखीकरण कार्यक्रम

गण्डकी बहुप्राविधिक शिक्षालयको अभिमुखीकरण कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८१, सोमबार

पोखरा/ व्यवहारिक शिक्षा र रोजगारमुखी सिप प्रर्वद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‌को साझेदारीमा पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा शैक्षिक वर्ष २०८१र०८२ का लागी भर्ना भएका डिप्लोमा इन फार्मेसी, सामान्य चिकित्सा र डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषयहरुको प्रथम सेमेस्टरमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रममा शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक शिक्षाको महत्वलाई जोड दिँदै शिक्षाको विकासमा सामूहिक सक्रियता आवश्यक पर्ने भएकाले सबैको साथ र सहयोग लिएर शिक्षालयलाई गण्डकी प्रदेशकै प्राविधिक शिक्षाको गन्तव्यको रूपमा विकास गर्नेतर्फ शिक्षालयको सिङ्गो समूह अगाडी बढेको समेत बताए ।

कार्यक्रममा प्रेरक वक्ता, पोखरा विश्वविद्यालयका उपप्राध्यापक पुष्पराज कोइरालाले विद्यार्थीलाई कसरी पढ्ने र पढेको कुरालाई दिर्घकालीन कसरी बनाउने भन्ने विषयमा अभिमुखीकरण सत्र सञ्चालन गरेका थिए भने कार्यक्रमको सञ्चालन गण्डकी बहुप्राविधिक शिक्षालयका वरिष्ठ प्रशिक्षक सरोज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->