बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरकाे बुलिङटारस्थित ‘भारतीपुर–उदयपुर–ढाँसी’ सडक स्तरोन्नतीको शिलान्यास

नवलपुरकाे बुलिङटारस्थित ‘भारतीपुर–उदयपुर–ढाँसी’ सडक स्तरोन्नतीको शिलान्यास


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८१, बुधबार

नवलपुर/ नवलपुरको बुलिङटार गाउँपालिकामा पर्ने ‘भारतीपुर–उदयपुर–ढाँसी’ सडक खण्ड स्तरोन्नतीको काम सुरु भएको छ । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सभा सदस्य रोशनबहादुर गाहा थापाले बुधवार उक्त कामको शिलन्यास गरे ।

उक्त अवसरमा सांसद थापाले जनातामाझ गरेका प्रतिबद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न लागिपरेको बताए । उनले आफ्नो क्षेत्रको विकास र जनताको आवाजलाई सम्बन्धित ठाउँमा लैजाने बताउँदै सधैं जनमुखी काम गर्न तल्लिन रहेको उल्लेख गरे । नवलपुर निर्वाचन क्षेत्र न. १ (ख) बाट दोस्रोपटक निर्वाचित गाहा थापाको पहलमा आर्थिक वर्ष २०८०/०८१ मा उक्त सडक स्तरोन्नतीका लागि ५ करोड बजेट विनियोजन भएको थियो ।

बुलिङटार गाउँपालिकाका अध्यक्ष इन्जिनियर दीपेन्द्र सुनारी मगरले उक्त सडक खण्ड करिब ६ किलोमिटर रहेको बताए । यो सडक रिङरोडको रुपमा निर्माण भइरहेको उनको भनाई छ । ‘तल्लो भेग कालीगण्डकी करिडोर पर्छ । अहिले भइरहेको काम रिङरोडको रुपमा बन्दैछ,’ उनले भने, ‘नाली बनाउने, ग्याबिन भर्ने, सडक फराकिलो बनाउने, कटान गर्ने काम भइरहेको छ ।’ उनका अनुसार सडक स्तरोन्नतीको काम पूर्वाधार विकास कार्यालयले ठेक्कामा लगाएको हो ।

बुलिङटार गाउँपालिका–६ का वडाध्यक्ष मोहनराज पाठकले वडाको विकासलागि आफु अहोरात्र खटिएको स्मरण गराउदै सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->