बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सन नेपाल् लाइफ इन्स्योरेन्सद्वारा शैक्षिक सामाग्री बितरण

सन नेपाल् लाइफ इन्स्योरेन्सद्वारा शैक्षिक सामाग्री बितरण


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८१, शुक्रबार

पोखरा/  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालयले तनहुँको शुक्लागण्डकी वडा नम्बर १० स्थित छाब्दी माध्यामिक विद्यालयका विद्यार्थीलाई शुक्रबार शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीको सातौ वार्षीकोत्सवका अवसरमा उक्त विद्यालयमा पुगेर शैक्षिक सामाग्री प्रदान गरिएको इन्स्योरेन्स गण्डकी प्रदेश कार्यालयका उपप्रमुख रुद्रप्रसाद शर्माले बताए ।

शर्माका अनुसार विद्यालयका १ सय ४७ विद्यार्थीलाई ४ थान कापी, १ प्याकेट कलम, पेन्सील, इरेजर बितरण गरिएको हो । साथै भलिबल, नेटजालीलगायत अन्य शैक्षिक सामाग्री पनि बितरण गरिएको उनले बताए । कार्यक्रममा इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख बाबुराम पौडेलले प्रमुख अतिथिको रुपमा जीवन बिमाको विषयमा जानकारी गराएका थिए । यसैगरी विशिष्ठ अतिथिको रुपमा उपप्रमुख रुद्रप्रसाद शर्माले बिमाको महत्व बुझाउँदै बाच्दा आफुलाई, भवितव्य भएमा परिवारजनलाई हुने जनाएका थिए ।

इन्स्योरेन्सको दुलेगौंडा शाखाका प्रमुख अमबहादुर मल्ल, दमौली प्रमुख मदन श्रेष्ठ र वडा अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री, बरिस्ठ एजेन्सी मेनेजर रामचन्द्र भट्टराई र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक समेत ले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->