पोखरा / नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी दर्ता प्रक्रिया खुल्ला गरेको छ । क्यानले शनिबार खेलाडी दर्ता खुला गरेको हो । अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइन मार्फत नाम दर्ता गर्न सक्नेछन् ।
क्यानले ए, बी र सी ग्रेड छुट्याएको छ । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख र अधिकतम मूल्य १० लाख रुपैयाँ सम्म छ ।
सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख र अधिकतम ५ लाख रुपैयाँ सम्म रहेको छ ।
अक्सनमा खेलाडीले दर्ता गराउँदा एक हजार रुपैयाँ शुल्क लाग्नेछ भने असोज १२ गते अन्तिम मिति तोकिएको छ ।





