आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मनसुनलाई म्याग्दी कप फुटबलको उपाधी

मनसुनलाई म्याग्दी कप फुटबलको उपाधी


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०८१, शनिबार

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा सम्पन्न भएको म्याग्दी जिल्लास्तरीय प्रथम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–६ चुत्रेनीमा द मनसुन युथ क्लबले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार सम्पन्न भएको फाइनलमा कालिपुल यूनाइटेडलाई ०–१ गोलले हराउँदै मनसुनले उपाधी जितेको हो ।
प्रतियोगितामा विजेता र उपबिजेताले क्रमश ७० हजार, ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा, बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठ, बेनपा वडा नं ६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँ, बेनपा–७ का सदस्य सोहन श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेशकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बेलबहादुर कटुवालले वितरण गरेका थिए । सोही अवसरमा फेयर प्ले अवार्ड नगद ७ हजार, ट्रफी सहित मालिका गाउँपालिका–६, दरबाङको जनप्रिय भुपु विद्यार्थीको टिमले प्राप्त गरेको छ ।
प्रतियोगितामा राइजिङ खेलाडी कालिपुल यूनाइटेडका समन पुन, ८ गोल गदैं सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्टाइकर कालिपुल यूनाइटेडकाका पुरन छन्त्याल,उत्कृष्ट गोलरक्षक मनसुनका सिजन किसान,उत्कृष्ट प्रशिक्षक कालिपुल यूनाइटेडका अनिष गौचन, उत्कृष्ट मिडफिल्डर मनसुनका सम्रराट लिम्बु, उत्कृष्ट डिफेन्स मनसुनका आशिष केसी र उत्कृष्ट खेलाडी कालिपुल युनाइटेडका रोशन छन्त्याललाई पुरस्कृत गरिएको थियो ।
म्याग्दी जिल्ला फुटबल संघद्धारा आयोजित प्रतियोगितामा १२ टिमको सहभागिताको सहभागिता रहेको थियो । प्रतियोगितामा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई संघका अध्यक्ष कुमार बानियाँले धन्यवाद दिदैं आगामी बर्ष थप ब्यवस्थित गरी सञ्चालन गरिनेबताए ।
यसैबीच प्रतियोगितामा कालिपुल यूनाइटेड र वान्टेड फेमेलीबिचको सेमिफाइनल खेलमा वान्टेड फेमेलीका खेलाडी सनम विकले रेफ्री आशिष भुजेलमाथि हातपात गरेपछि जिल्ला फुटबल संघको सिफारिसमा जिल्ला खेलकुद विकास समितिले एकबर्षको लागि म्याग्दी जिल्लामा हुने कुनैपनि खेलकुदमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको अध्यक्ष बानियाँले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई प्रशिक्षण सहित विभिन्न खेलमा अवसरका लागि वातावरण बनाइने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->