पोखरा / एएफसी यु–२० एसियन कप छनोटमा नेपालले पहिलो खेलमै हार व्यहोरेको छ । चाइनिज ताइपेईमा जारी खेलको ग्रुप बीतर्फ नेपालले आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ को फराकिलो हार व्यहोरेको हो ।
खेलको तेस्रो मिनेटमै कम्बोडियाका भ्रेक फानले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । सातौं मिनेटमा फोयुक थाथायीले टोलीका लागि दोस्रो गोल गरे । २–० ले परेको नेपालले पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा निराजन कार्कीको क्रसमा समिर तामाङले हेड गर्दै अग्रता घटाए ।
पहिलो हाफमा २–१ ले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो । ६१औं मिनेटमा मिन चानरिथ र खेल सकिन केही समय बाकी रहँदा इएभ सोभानाराले टोलीका लागि चौथो गोल गर्दै ४–१ को फराकिलो जित हासिल गरेको हो । अब नेपालले सोमबर आयोजक चाइनिज ताइपेइको सामना गर्नेछ।
नेपाल ग्रुप बीमा डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडियासँग रहेको छ।





