शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम

गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०८१, शनिबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (0.52962965, 0.5298611); modeInfo: ; sceneMode: 8; cct_value: 6200; AI_Scene: (-1, -1); aec_lux: 50.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 34;

पोखरा/गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिबार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र गुरुङको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सिता काफ्ले रेग्मी चयन भएका छन् ।
समितिको सदस्यहरुमा थमन थापा, मनिष श्रेष्ठ, विनोद गुरुङ, रविन्द्र तझ्या, विक्रम केसी, निरु भट्टराई, समीक्षा वुढाथोकी, विशाल पुन र दिलिप गुरुङ चयन भएका छन् ।
यसैगरी कास्की जिल्ला जिम्न्याष्टिक संघको विशेष साधारण सभाले सोमबहादुर साईको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्षमा एनशोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा सुर्वणराज पन्त, सहकोषाध्यक्षमा सरस्वती साई चयन भएका छन् ।
समितिको सदस्यहरुमा रोषन पुन, सेजल जोजिजु, मिनबहादुर थापा, अंशु शेर्पा,दीपेश राना, रामबहादुर क्षेत्री, कमला गुरुङ र वालकुमारी गुरुङ चयन भएका छन् ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक गण्डकी प्रदेश जिम्न्याष्टिक संघका सल्लाहकार केशवशरण पौडेल तथा गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठक, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य राजन वड्गामीले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले जिम्न्याष्टिक संघको क्रियाशिलताले सुस्ताएको खेलले गतिशिलता पाएको बताए । गण्डकी प्रदेश खेलकुद परिषद् गरेका कार्यक्रममा सहयात्रा गरेर अघि वढ्न तयार रहेको उनको भनाइ थियो ।
गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठकले १० औ राष्ट्रिय खेलकुद महोत्वसवलाई ताकेता गरेर खेलाडि उत्पादन गर्न संघलाई आग्रह गरे । कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख सुनबहादुर लामाले जिम्न्याष्टिक खेल खेलाउनका लागि व्यवस्थित हलको आवश्यकता रहेको बताए ।
गण्डकी प्रदेश जिम्न्याष्टिक संघका सल्लाहाकार केशवशरण पौडेलले संस्था गठन भएको छोटो समयमा उत्कृष्ट कार्य गरेको जिकिर गरे । गण्डकी प्रदेश जिम्न्यनष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु केसीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->