बागलुङ/प्रथम गण्डकी प्रदेश स्तरीय त्रिभूवन विश्वविद्यालय आंगिक क्याम्पस भलिबल प्रतियोगितामा धौलागिरि बहुमुखी क्यामपस फाइनल प्रवेश गरेको छ । गोरखा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा गण्डकी प्रदेशका आंगिक क्याम्पसले भाग लिएका थिए ।
आइतबार गोरखा क्याम्पसमा भएको खेलमा बागलुङले लमजुङ क्याम्पसलाई सोझो सेटमा हराएको हो । बागलुङले २५–९ र २५–३ को सेटमा तथा दोश्रो खेलमा गोरखा बहुमुखी क्याम्पसलाई २५–१० र २५–६ को सेटमा जितेको स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि क्याम्पसकी कोषाध्यक्ष सृष्टी आचार्यले बताइन् ।
यसैबीच पोखराको पृथ्वी नारायण क्याम्पस पनि फाइनल प्रवेश गरेको छ । सोमबार बागलुङ र पोखराबीच फाइनल खेल हुनेछ । आइतबार पृथ्वीनारायणले लमजुङ क्याम्पसमाथि २५–६ र २५–१० को सेटमा जित निकालेको थियो ।





