आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा पहिलोपटक खुला कबड्डी प्रतियोगिता हुने

बागलुङमा पहिलोपटक खुला कबड्डी प्रतियोगिता हुने


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८१, आइतबार

बागलुङ/बागलुङमा पहिलो पटक खुला विद्यालय स्तरीय कबड्डी प्रतियोगिता हुने भएको छ । जिल्ला कबड्डी संघले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो ।
आइतबार पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष सन्दिप पन्तले असोज ७ र ८ गते खेल संचालन हुने बताए । खेलका लागि १२ टिमले भाग लिने भएका छन् ।
विद्यालय तहमा खेलाडी उत्पादन गर्ने, कबड्डी खेलप्रतिको रुची बढाउने र जिल्ला खेलकुदमा कबड्डीको पनि उपस्थिति बलियो बनाउने लक्ष्यले खेल प्रतियोगिता आयोजना गरिएको पन्तको भनाइ छ ।
खेलमा पुरस्कारतर्फ ४० हजार, मेडल र ट्रफीतर्फ २० हजार, खेल व्यवस्थापनमा ४० हजार तथा अफिसियलका लागि ५० हजार खर्च हुने बताइएको छ । त्यसका लागि संघसंस्था र खेल क्षेत्रका व्यक्तिबाट सहयोग जुटाउने लक्ष्य समेत छ ।
खेलमा केही रकम बचाएर संघले खेलका लागि अत्यावस्यक पर्ने म्याटको जोहो गर्ने लक्ष्य बनाएको पन्तले जानकारी दिए । खेलमा खेलमा क्षा १० सम्मका विद्यार्थी खेल्नेछन् । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष समीक्षा थापाले पनि शुभकामना दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->