आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आंगिक क्याम्पस भलिबलको उपाधि धौलागिरि क्याम्पस बागलुङलाई, प्रतिक्षा सेन उत्कृष्ट खेलाडि घोषित

आंगिक क्याम्पस भलिबलको उपाधि धौलागिरि क्याम्पस बागलुङलाई, प्रतिक्षा सेन उत्कृष्ट खेलाडि घोषित


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८१, सोमबार

बागलुङ/गोरखामा भएको आंगिक क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि धौलागिरि क्याम्पस बागलुङले जितेको छ ।
सोमबार गोरखामा भएको प्रथम गण्डकी प्रदेश स्तरीय त्रिभूवन विश्वविद्यालय आंगिक क्याम्पस प्रतियोगिताको फाइनलमा धौलागिरि बहुमुखी क्याम्पस बागलुङले पोखराको पृथ्वी नारायण क्यामपसलाई हराएको हो ।
गोरखा बहुमुखी क्याम्पसमा भएको फाइनल खेलमा धौलागिरी क्याम्पसले पृथ्वीनारायण क्याम्पसलाई २५–२०, २५–९ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । खेल जितेको धौलागिरि बहुमुखी क्याम्पसले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।
फाइनल प्रवेशका लागि आइतबार बागलुङले गोरखा बहुमुखी क्याम्पसलाई २५–१० र २५–६ को सेटमा हराएको थियो । पृथ्वी नारायण क्याम्पसले लमजुङलाई २५–६ र २५–१० अंकको सेटमा जित निकालेको थियो ।
गोरखा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा गण्डकी प्रदेशका आंगिक क्याम्पसले भाग लिएको धौलागिरि बहुमुखी क्याम्पस स्ववियु कोषाध्यक्ष सृष्टी आचार्यले जानकारी दिइन् ।
प्रतियोगितामा धौलागिरि बहुमुखी क्यामम्सकी प्रतिक्षा सेन उत्कृष्ठ खेलाडी घोषित भइन् । धौलागिरिकै रोजी थापा बेस्ट स्पाइकर, चण्डीका रोका बेस्ट सर्वर, मनिषा राई बेस्ट सेटर र पृथ्वी नारायणकी अञ्जु पुन बेस्ट ब्लकर घोषित भइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->