आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बाराही हस्पिटालिटी अन्तर्गतका चार होटललाई साउथ एसियन ट्राभल अवार्ड

बाराही हस्पिटालिटी अन्तर्गतका चार होटललाई साउथ एसियन ट्राभल अवार्ड


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८१, सोमबार

पोखरा/ बाराही हस्पिटालिटी अन्तर्गतका विभिन्न चार होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) प्राप्त गरेका छन् । गत वर्षबाट सन्चालनमा आएको काठमाडौंको ठमेलमा रहेको चारतारे स्तरको होटल बाराही काठमाडौंले दक्षिण एसियाकै उत्कृष्ट नयाँ होटलको रुपमा गोल्ड अवार्ड पाएको छ ।

यस्तै पोखराको नेचुरल भ्यु पोइन्ट सराङकोटको डाँडामा रहेको सराङकोट माउन्टेन लजले मस्ट रोमान्टिक रिसोर्टको अवार्ड प्राप्त गरेको छ । माछापुच्छ्रेको छाँयाले डुबुल्की मार्ने रुफटप स्विमिङ पुल, हिमशृङ्खला र सुर्योदय हेर्दै रमाउन सकिने बाथटब, सितल मौसम र उत्कृष्ट आतिथ्यताले सराङकोट माउन्टेन लज प्रसिद्ध छ ।

निकुञ्ज भित्रका होटलको झल्को दिने पर्यावरणमैत्री बाराही जंगल लजले लिडिङ वाइल्डलाइफ रिसोर्टको अवार्ड प्राप्त गरेको छ । चितवनको मेघौलीमा रहेको सो लज लिजर टुरिजमका लागि उत्कृष्ट गन्तव्य हो । यस्तै पोखराको लेकसाइडस्थित ९ नम्बर स्ट्रीटमा रहेको होटल आवासले ४० भन्दा कम रुमको लिडिङ सिटी होटलको अवार्ड पाएको छ । रुफटप बार, इन्फिनिटी स्विमिङपुल सहितको यो होटल बजेट फ्रेन्ड्ली ग्राहकको रोजाइमा पर्ने गरेको छ ।

हस्पिटालिटिको उत्कृष्ट अभ्यास गर्ने आफ्ना कर्मचारीहरुको कारण अवार्ड प्राप्त गर्न सफल भएको हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए । साटाका संस्करणहरु दक्षिण एसियाका विभिन्न सहरमा आयोजना गरिंदै आइएको छ । यसपटकको ८औं संस्करण होटल एसोसिएसन नेपाल (हान) को सहकार्यमा नेपालमा सम्पन्न भएको हो ।

दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->