बागलुङ/जिल्लामा पहिलो पटक आयोाजना गरिएको खुला विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा छात्रतर्फ चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र छात्रातर्फ कालिका कन्या मन्दिर मावि च्याम्पियन भएका छन् ।
जिल्ला कबड्डी संघले आयोजना गरेको प्रतियोगिताको फाइनलमा छात्रतर्फ कालिका कन्या मन्दिर माविलाई पराजित गर्दै चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र छात्रातर्फ प्रिसियस एकेडेमीलाई पराजित गर्दै कालिका कन्या मन्दिर मावि विजयी भएका हुन् ।

१४ विद्यालयको सहभागिता रहेको छात्रतर्फ विजेता बनेको चिल्ड्रेन लाइफले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको कालिका कन्याले नगद १० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
यस्तै, छात्रातर्फ विजेता बनेको कालिका कन्याले नगद १० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता प्रिसियस एकेडेमीले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य ताराप्रसाद शर्मा लगाएतले विजयीलाई पुरस्कार वितरण गरेका थिए ।





