बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कावासोतीमा भूमिअधिकार सम्बन्धि अभिमुखिकरण

कावासोतीमा भूमिअधिकार सम्बन्धि अभिमुखिकरण


  • ढोरपाटन संवाददाता
  • असोज १० २०८१, बिहिबार

नवलपुर/  राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेशको आयोजनामा भूमिअधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा कास्की, गोर्खा, तनहुँ र नवलपुर जिल्लामा गठित भूमिअधिकार मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनिहरुले आफ्नो जिल्लास्तरिय मञ्चले गरेका गतिविधिहरुलाई समेटेर प्रतिवेदन पेश गरेका थिए ।

राष्ट्रिय भूमिअधिकार मञ्च नेपालका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जी र गण्डकी प्रदेश अध्यक्ष रामबहादुर लामिछानेले भूमिअधिकारका समस्या समाधानमा अगुवा प्रतिनिधिहरुले सोधेका जिज्ञासाहरुको जवाफ दिएका थिए । सो अवसरमा केन्द्रिय सदस्य मनरुपा कुमाल, पुर्व केन्द्रिय सदस्य कन्या गुरुङ, समाजसेवी महेन्द्र पोखरेल, तरवाढिक गुम्बाका उपाध्यक्ष यामबहादुर मोक्ताङ लगायतले नीति तथा कानुन भूमिअधिकारबाट वञ्चितहरुको पक्षमा बनाइनु पर्ने वताए ।

उक्त कार्यक्रममा पुर्नवास कम्पनीबाट पीडितहरुले आमोदप्रमोद गरी रहेकाहरुको उचित व्यवस्थापन र पिडितहरुको माग सम्बोधन नभएकोमा चिन्ता व्यक्त गरेका थिए ।राष्ट्रिय भूमिअधिकार मञ्च गण्डकीका अध्यक्ष रामबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भैरव गुरुङले र संचालन प्रेमबहादुर गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->