पोखरा / लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ विहिवार धरौटीमा छुटेका छन् । उनलाई जिल्ला अदालत कास्कीले ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न बुधबार आदेश दिएको हो । लागुऔषधका रुपमा प्रयोग हुने प्रतिबन्धित औषधी बेचबिखन आरोपमा उनी भदौं २७ गते पक्राउ परेका थिए ।





