नवलपुर/चार दिनदेखी परेको अविरल बर्षाका कारण विस्थापित विनयी त्रिवेणीका केही घर परिवारलाई विभिन्न संघसंस्थाद्धारा राहत हस्तान्तरण गरिएको छ ।
रोटरी क्लव अफ कावासोतीद्धारा अविरल वर्षाका कारण घरवारविहिन भएका विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ कुडापानी र वडा नं. ४ का १ द्दर परिवार गरी दुई घर परिवारलाई सेल्टर वक्ससहित रासन र तेल हस्तान्तरण गरेको छ । वडा नं. ३ कुडापानी, ढव्याका एकबहादुर सिङजाली र वडा नं. ४ का एक घर गरी दुई घरका घरवारविहिन भएकालाई जिल्ला सम्न्वय समितिका उप–प्रमुख सकुन्तला लम्साल सहितको रोहवरमा गाँउपालिकाका प्रमुख प्रशासकिय सुमन पण्डितमार्फत सामान हस्तान्तरण गरिएको रोटरी क्लव कावासोतीका अध्यक्ष केशवराज भट्टराईले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा रोटी क्लव कावासोतीका संस्थापक अध्यक्ष भरत शर्मा पोखरेल, पुर्व अध्यक्ष जीवन सापकोटा र क्लवका पव्लिक इमेज कम्युनिटी डाइरेक्टर सागर पोख्रेलको सहभागीता रहेको क्लवका अध्यक्ष भट्टराईले जानकारी दिए ।
यस्तै, जिल्ला रेडक्रस नवलपुरले विनयी त्रिवेणी गाँउपालिका वडा नं. १ वगुवनका घर परिवारलाई त्रिपाल र खोड्ने कम्बल हस्तान्तरण गरेको छ । जिल्ला समन्वय उप–प्रमुख सकुन्तला लम्साल जिल्ला समन्वय समिति कुलप्रसाद भुसाल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सभापतिका अध्यक्ष डिल्लीराज कडरीया, विपत व्यवस्थापन समिति संयोजक ऋषी कँडेल सहितको टोलीले त्रिपाल १५, कम्मल ३ थान, विष्कुट, चाउचाउ बाढी डुबान पीडितहरुलाई हस्तान्त्रण गरिएको विपत व्यवस्थापन समिति संयोजक कँडेलले जानकारी दिए ।





