बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनःस्थापनामा मध्यविन्दु नगरपालिकाको ध्यान

बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनःस्थापनामा मध्यविन्दु नगरपालिकाको ध्यान


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०८१, सोमबार

नवलपुर/अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनःस्थापनमा मध्यविन्दु नगरपालिका केन्द्रित बनेको छ । बाढीग्रस्त अवस्थामा नागरिकको जिउज्यान जोगाउन उद्वारमा खटिएको पालिका बाढी पश्चात् समस्याको पहिचान गरि आवश्यकता अनुसार राहत र पुनःस्थापनामा लागेको हो ।
बाढीले नारायणी नदि तटीय क्षेत्रमा धेरै प्रभाव परेको थियो । मध्यविन्दु नगरपालिका वडा नं. २, ३,४,६ ,१२, १५ मा असर पारेको थियो । प्रभावित मध्येको वडा नं. २ का करिब दुई सय घर परिवारलाई सोमबार राहत सामाग्री हस्तान्तरण गरिएको छ । नगरपालिकाले उक्त क्षेत्रमा सेभ द चिल्ड्रेन नेपाल, जागृति बाल तथा युवा सरोकार नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सन्जालको सहकार्यमा राहत सामाग्री वितरण गरेको नगर प्रमुख भिमलाल अधिकारीले बताए । नगरपालिकाले भाडाकुँडा, ब्लाङ्केट, सरसफाइका सामाग्री, खाद्यन्न प्रदान गरेको हो ।


राहत सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख अधिकारीले सबैको सहयोगले बाढीको अवस्थामा कुनै मानवीय क्षति नभएको भन्दै उद्वारमा खटिने सबैमा धन्यवाद दिए । उनले अब बाढी प्रभावित नागरिकलाई पूर्व अवस्थामा फर्काउने साथै राहत वितरणमा आफूहरु केन्द्रित बनेको बताए ।
बाढी प्रभावित सेहरीमा हाल नगरपालिका र अन्य संस्थाको सहकार्यमा खाना खुवाउने काम समेत चलिरहेको छ । बाढी पछि स्वास्थ्यमा समस्या नहोस भनेर स्वास्थ्य शाखा, कृषि तथा पशुपन्छि शाखाले अवस्था बुझ्ने र आवश्यकता अनुसारको योजना बनाईरहेको छ ।
वडा नं. २ का वडा अध्यक्ष रामभक्त अधिकारीले बाढीले ठूलो असर पारेको र अहिले प्रत्येक घरमा पुगि लगत लिने र तत्काल आवश्यक विषयको पहिचान गर्ने काम चलिरहेको जानकारी दिए । राहत प्राप्त गर्ने स्थानीयले नगरपालिकाले आफ्नो दुखको घाउमा मलम लगाउने काम गरेको भन्दै धन्यवाद दिए ।
बाढीका कारण मध्यविन्दु नगरपालिकामा करिब ४ सय ५० घरधुरी डुबानमा परेको छ । एक सय ५० घरधुरीमा डुबानबाट क्षति पुगेको पालिकाले जनाएको छ। कृषि तथा पशुपन्छि फर्ममा करोडौंको क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->