बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

शुभकामना बचत तथा ऋण सहकारीको १५ औँ वार्षीक साधारणसभा

शुभकामना बचत तथा ऋण सहकारीको १५ औँ वार्षीक साधारणसभा


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०८१, शनिबार

पोखरा/ शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारी संस्थाका शेयर सदस्यले संस्थामा आफ्नो भुमिका खोज्न नसक्दा केही सहकारीहरु संकटग्रस्त भएको बताए । उनले अकुत सम्पत्ती कमाउनका लागि सहकारीहरुलाई प्रयोग गरेर अति सामान्य सञ्चयकर्ताको रकम हिनामिना गर्ने जोकोहीलाई कानुनको कठघरामा ल्याउनुपर्नेमा जोड दिए । ‘एकदुई जनाको बदमासीले सिङ्गो सहकारी आन्दोलन नै डगमगाएको अवस्थामा राम्रा सहकारीहरुले नेतृत्व गरेर जानुपर्छ’ उनले भने ।

संस्थाका सल्लाहकार रमेश पौडेलले सहकारीको ऋण लिएर तिर्न पर्दैन भन्ने सोचलाई हरेक ऋणीहरुले परिवर्तन गर्नुपर्ने बताए । संस्थाका सल्लाहकार एवं पूर्वअध्यक्ष गोकर्ण बरुवालले सहकारीमा आएका चुनौतीलाई सामना गर्न सहकारीका शेयर सदस्य नै लागि पर्नुपर्ने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमशंकर बरुवालले पोखराका केही सहकारीमा आर्थिक सुशासन हुन नसक्दा शंकट आएपनि आफ्नो सहकारी राम्रो भएको दाबी गरे । संस्थाका उपाध्यक्ष रामचन्द्र आचार्य, शेयर सदस्य जमूना आचार्य र रामशरण कार्कीले कार्यक्रममा सहकारीको अवसर र चुनौतीका बारेमा भनाई राखेका थिए ।

कार्यक्रममा संस्थाद्वारा २०८१ मा सम्मिलित कक्षा १२ मा उत्तीर्ण गरी उत्कृष्ट अंक हासिल गर्ने प्रतिज्ञा श्रेष्ठ र प्रवेश पौडेललाई सम्मान गरिएको थियो । यस्तै आर्थिक वर्ष २०८०/ ०८१ मा उत्कृष्ट बचतकर्ता शेयर सदस्य हिमलाल भुषाल, उत्कृष्ट कारोबारी चेतकुमारी खड्का, संस्थाका ज्येष्ठ शेयर सदस्य कृष्णकुमारी तुलाचन र पार्वती पराजुलीलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाका पूर्व अध्यक्ष गोकर्ण बरुवाललाई वर्तमान अध्यक्ष प्रेमशंकर बरुवालले सम्मान गरे ।

संस्थाका अध्यक्ष प्रेमशंकर बरुवालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव ठाकुर सापकोटा र का.वा कोषाध्यक्ष हर्कबहादुर भण्डारी, लेखा सुपरिवेक्षण समितिका संयोजक झलकनाथ शर्माले विभिन्न प्रतिवेदन प्रस्तुुत गरेका थिए । साविक धौलागिरी घर भई हाल पोखरा बस्दै आएका ९० प्रतिशत सो संस्थाको शेयर सदस्य रहेका छन् । करिब ३ करोड शेयरपुंजी रहेको सो संस्थामा ७ सय भन्दा बढी शेयर सदस्य छन । संस्थाले १२ करोड भन्दा बढी ऋण लगानी गरेको छ भने यस बर्षको साधारण सभाले शेयर सदस्यलाई १० प्रतिशत लाभाशं बाड्ने निर्णय पारित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->