बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अतिरिक्त अक्सिजनबिनै १४ हिमालको आरोहण

अतिरिक्त अक्सिजनबिनै १४ हिमालको आरोहण


  • हरिकृष्ण गौतम
  • असोज २० २०८१, आइतबार

म्याग्दी/चर्चित कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’ले ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गरेका छन् ।
शुक्रबार नेपाली समय दिउँसो १ः५५ बजे तिब्वतमा रहेको शिशापाङ्माको आरोहण गरी साढे दुई वर्षमा बोतलमा रहेको अक्सिजनविना सबैभन्दा छिटो १४ वटा चुचुरो पार गर्ने विश्वकै पहिलो आरोही बनेका छन् ।
पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदैं आएका पूर्जाले सहकर्मी मिङ्मा शेर्पासँगै प्रतिकुल मौसमका बाबजुत सफलतापूर्वक आरोहण सम्पन्न गरेको पूर्जाले इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएपमार्फत् जानकारी दिएका छन् । ‘यो पर्वतारोहणको क्षेत्रमा अर्को नयाँ सन्देश दिन सफल भएका छौ, नेपालीले चाहेमा गर्न सकिन्छ भन्ने उदाहरण पनि हो,’ पूर्जाले भने ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा समेत हरेक परिस्थितिमा साथ दिएकोमा साथी मिङ्मालाई समेत बधाइ दिएका छन् । पूर्जा र मिङ्मा प्रख्यात कम्पनी दि इलाइट एक्सपीडका लगानीकर्तासमेत हुन् ।
सन् २०२२ मे महिनाको ७ तारिकमा अक्सिजनको प्रयोग नगरी आरोही निम्सले कञ्चनजंगाबाट यो अभियानको सुरुवात गरेका थिए । उनले सोही बर्षको मे महिना २७ मा सगरमाथा, मे २८ ल्होत्से हुदै मकालु,च्होयो, धौलागिरी, अन्नपूर्ण मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो हुदै अन्तिममा शिशापङ् पुगेका थिए । १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् ।
प्रतिकुल मौसम र यौनहिंसा, पर्वतारोहणका क्षेत्रमा भइरहेका रेकर्डलाई बदनाम बनाउन विभिन्न मिडिया ट्रायलको सामना गर्नुपरेपछि केही समय यो अभियान प्रभावित भएको थियो ।


उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पूर्जाले आफ्नै जिल्लामा भएका सातौं अग्लो धौलागिरी हिमाल र १० औं अग्लो अन्नपूर्ण हिमालको आरोहरणमार्फत यो अभियानका बारेमा जानकारी गराएका थिए । आरोहणका लागि सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुमा समेत उनको दुर्लभ कीर्तिमानी छ । उनले यो आरोहरणका क्रममा नयाँ–नयाँ कीर्तिमान समेत कायम गरेकाले यसका बारेमा थप जानकारी गराइने उनको कम्पनी दि इलाइट एक्सपीडले जनाएको छ । जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ आरोहण अहिलेसम्म कुनै पर्वतारोहीले तोड्न सकेको छैनन् ।
हालसम्म विश्वका आठ हजार मिटर अग्ला हिमालहरु ४८ पटकभन्दा बढी आरोहण गरेका छन् । सन् २००३ मा पोखरास्थित ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनोट भर्ना भइ संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभूत तालिमको ज्ञान प्राप्त गरेका थिए ।
कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए । क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डोसमेत गरेका थिए । उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा समेत काम गरेका पूर्जाले गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिइ अवार्ड प्राप्त गरेका थिए ।
म्याग्दीमा रहेको धौलागिरि र अन्नपूर्ण हिमालको प्रर्वद्धनमा समेत पूर्जा सक्रिय छन्। उनको कम्पनीबाट यी दुई हिमालमा विभिन्न देशका आरोहीले आरोहण गरेका छन् । उनले आरोहणसँगै भरियालाई घर, विभिन्न शैक्षिक क्षेत्रमा समेत सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->