बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पामे बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नवराज पराजुली

पामे बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नवराज पराजुली


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८१, आइतबार

पोखरा/ पोखराको पामे बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनले नवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा खिमनाथ तिमिल्सिना, सचिवमा सालिकराम लामिछाने, कोषाध्यक्ष लेखनाथ पराजुली सहसचिव गिता कुमारी दवाडी चयन भएका छन् ।

समितिको सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, घनश्याम अधिकारी, रेवती देवकोटा, दुर्गा तिमिल्सिना, भोलानाथ अधिकारी र रमेश गौतम चयन भएका छन् । समितिका लेखा सुपरिवेक्षण समिति संयोजकमा बिष्णुहरी तिमिल्सिना, सदस्य सन्तोष शर्मा तिमिल्सिना र पुष्पराज दवाडी रहेका छन् । साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीले पामे सहकारीले जनतामा आर्थिक जागरण ल्याउने काम गरेको बताए । उनले पैसा आवश्यक परेकाहरुलाई गर्जो टाने काम सहकारीले गरिरहेको बताए । पोखरा–२३ का वडाध्यक्ष रामकाजी गुरुङ, वडा नम्बर १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिना लगातले सहकारीले गाउँ गाउँमा वित्तिय साक्षरता जगाउन सहयोग गरेको बताए ।

कार्यक्रममा सहकारीका शेयर सदस्यका छोराछोरीमध्येबाट एसइई परीक्षामा यस वर्ष उत्कृष्ट नतिजा ल्याउने चार जनालाई सम्मान गरिएको थियो । बृद्धबृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्तालाई सम्मान पनि गरिएको थियो । साधारण सभाले सहकारीका अध्यक्ष अग्निधर त्रिपाठीले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन, कोषाध्यक्ष लेखनाथ पराजुलीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिबेदन पास गरेको छ । सहकरीमा १ हजार १० जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहको छ । आर्थिक वर्ष २०८०÷८१ मा १७ करोड ९ लाख ७८ हजार निक्षेप संकलन गरी २५ करोड ४ लाख १६ हजार कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->