बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चाडपर्वको अवसरमा सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु

चाडपर्वको अवसरमा सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८१, आइतबार

पोखरा/ पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा चाडपर्वलक्षित मिनी मेला आयोजना गरिएको छ । बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सर्वेश्वर व्यवसायी समितिको आयोजनामा होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु भएको हो ।

असोज १७ गतेदेखि शुरु भएको मिनी मेला चाडपर्व भरी जारी रहने सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन) ले जानकारी दिए । मेला हरेक दिन साँझ ५ बजेदेखि शुरु भई राती ८ बजेसम्म जारी रहने उनले बताए । मेलाको समयमा व्यवसायीले आफ्ना सामानहरु आफ्नो पसल अगाडि राखेर सजाउने छन् । तर अन्य व्यवसायीलाई असर नपर्नेगरी सामान राखिने अध्यक्ष थापाको भनाई छ ।

मिनी मेलाको अवसरमा सर्वेश्वर मार्ग र पराजुली मार्गभित्रका जुनसुकै पसलहरुमा भारी छुटका साथ सामानहरु बिक्री गरिने समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए । ‘ग्राहकले सामान सस्तो पाओस् अनि व्यवसायीले स्टक सामान कटाओस् भन्ने उद्देश्य हो हाम्रो’ उनले भने ।

दसैँ उत्सवमा किनमेल गर्ने ग्राहकका लागि बम्पर उपहार योजना सञ्चालन गरिएको छ । सो बजारमा सामान खरिदमा कुपन दिइने गरिएको छ । चाडपर्व सकिएपश्चात् चिट्ठा खोलिने योजना रहेको अध्यक्ष थापाले बताए । बम्पर उपहारमा स्कुटर, साइकल, ल्यापटप, मोबाइल र ४ जनालाई ५/५ हजार सान्त्वना स्वरूप दिईने जनाइएको छ । सर्वेश्वर र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामान, फेन्सी तथा रेडिमेड सामान, श्रृंगारका सम्पूर्ण सामान, काँचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामान थोक तथा खुद्रा मूल्यमा पाईन्छ ।

होलसेल तथा खुद्रा दुवै व्यापार हुने यी दुई मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुमसम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको वरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->