आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लमजुङको दूधपोखरी गाउँपालिका पूर्वअध्यक्ष गुरुङको निधन

लमजुङको दूधपोखरी गाउँपालिका पूर्वअध्यक्ष गुरुङको निधन


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०८१, मंगलबार

पोखरा/ लमजुङको दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष एवं कांग्रेस नेतृ छुपीमाया गुरुङको ५८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । पाठेघरको क्यान्सरबाट ग्रसित गुरुङलाई उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।

मलुक संघीयतामा गएसंगै २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा उनी दूधपोखरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनको घर दूधपोखरी– ५ कोल्की हो । चितवनको क्यान्सर अस्पतालमा उनको उपचार हुँदै आएको थियो । गाउँमै बस्दै आएकी उनलाई सोमबार राति च्यापेपछि चितवन लैजाने क्रममा बाटोमा निधन भएको हो ।

छुपीमाया कांग्रेस गण्डकी प्रदेश समिति सदस्य, नेपाली कांग्रेस महासमिति सदस्य हुन् । अविवाहित छुपिमाया गाउँमा दाजुसँगै बस्थिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->