बागलुङ/ बुटवलबाट बागलुङ बडिगाड खौलार आउँदै गरेको जिप गुल्मीको मुसिकोट नगरपालिका –५ इन्द्रेगौडमा आज विहान दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । लु१ज ४४४८ नम्बरको फोर्स गाडी बिहान करिव ९ बजे मुसिकोट नगरपालिका–५ इन्द्रेगौडा र मालिका खोलाको बिचमा दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित १४ जना घाइते भएका वामी प्रहरी चौकिका प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिए ।
घाईते मध्ये गम्भीर अबस्थामा रहेका दुई जनालाई थप उपचारको लागि पाल्पा रिफर गरिएको छ भने सामान्य घाइतेलाई प्राथमिक उपचारको लागि मजुवा स्वास्थ्य केन्द्र लगिएको छ । चालक निद्रामा रहेकोले दुर्घटनामा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।





