बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नवलपुरको बालुवाडाँडामा जिप दुर्घटनाः २ को मृत्यु, ९ जना घाइते

नवलपुरको बालुवाडाँडामा जिप दुर्घटनाः २ को मृत्यु, ९ जना घाइते


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०८१, शनिबार

नवलपुर / कावासोतीको बालुवाडाँडामा सिट क्षमताभन्दा बढी यात्रु बोकेर हिडेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । बा.प्र.०७ ०० १ ज.००२० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटना शनिबार बिहान ११ बजे भएको थियो ।

दुर्घटनामा परेर बुलिङटारकी पवित्रा मस्रांगी र उनका भाइ पवनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते हुनेको संख्या ९ पुगेको छ । जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बालुवाडाँडाबाट कावासोतीतर्फ आउँदै गरेको जिप सडकबाट खस्दा २८ जना घाइते भएका थिए ।
९ जना गम्भीर बिरामीको जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको छ । ‘दुर्घटनाको कारण ओभर लोड देखिन्छ,’ ढकालले भने, ‘मोडबाट जिप तल खसेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->