बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लेखनाथ सहकारीको अध्यक्षमा पुनः जिसी

लेखनाथ सहकारीको अध्यक्षमा पुनः जिसी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८१, आइतबार

पोखरा/पोखरा महानगरपालिका वडा नं २६ मा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १६ औं वाषिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
समग्र सहकारीका क्षेत्रमा देखिएका केही समस्याका कारण पछिल्लो समय समितिमा वस्न कम चासो देखिएको वर्तमान अवस्थामा भने लेखनाथ सहकारीमा समितिमा वस्नका लागि धेरै जनाले चासो र उत्साह देखाएकाले असोज १७ गते भएको अधिवेशनबाट नया समिति चयन गर्न नसकिए पछि शनिवार भएको निर्वाचन समिति र सल्लाहकारको टिमले नयाँ समिति चयन गरेको हो ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष हरिबहादुर जिसी, उपाध्यक्ष विश्वप्रकाश बराल, पूर्वकोषाध्यक्ष किरण पौडेल र पूर्वलेखा समितिका संयोजक शेखरनाथ लामिछानेको उमेदवारी परेपछि निर्वाचन समितिले सर्वसम्वत रुपमा वर्तमान अध्यक्ष रहेका हरिबहादुर जिसीलाई पून आगामी कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
यता उपाध्यक्षमा रामबहादुर गुरुङ, कोषाध्यक्षमा सुधिरमणि लामिछाने, लेखा समितिको संयोजकमा रामचन्द्र दाहाल र सदस्यमा तारानाथ लामिछाने र शशीधर पौडेलको मात्र उम्मेदवारी परेपछि उनिहरु निर्वीरोध भएका थिए भने सचिवमा वर्तमान कार्यसमितिका कोषाध्यक्ष शिवप्रसाद भण्डारी र सदस्य विष्णुकुमारी लामिछानेको उमेदवारी रहेकोमा शिवप्रसाद भण्डारीलाई सचिवमा चयन भएका हुन ।
यसैगरी सात सदस्यका लागि १३ जनाको उम्मेदवारी परेकाले सहजीकरण समितिले शेषराज तिमिल्सेना, राजेन्द्र जिसी, टेकनाथ आचार्य, अमृता वराल अधिकारी, कमला जिसी कार्की, सम्झना लामिछाने महतरा र कल्पना रानाभाटलाई छनोट गरेको हो ।
शनिबारै निर्वाचन समितिका संयोजक पूर्वन्यायाधीश वासुदेव न्यौपाने, सदस्य कानूनविद् कृष्ण तिमिल्सेना र शिक्षक अशोकमणि लामिछानेले नव निर्वाचित टिमलाई पद तथा गोपनियताको सपथ गराउदै पदभार ग्रहण गराएका थिए भने अध्यक्ष जिसीले आफुले अघिल्लो कार्यकालमा गरेका कामको वारेमा चर्चा गर्दै सहकारीलाई आर्थीक रुपमा सक्षम वनाउने बनाउनका लागि आफू र आफनै टिम दिलो ज्यान दिएर अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए ।
२०६५ स्थापना भएको सस्थामा चालु आर्थीक वर्षमा ५८ जना सेयर सदस्य थप भई कुल एक हजार सात सय ७१ सेयर सदस्य पु¥याउन सस्था सफल भएको छ भने आर्थिक वर्ष २०७९÷८० मा रहेको सेयर पूँजी ६ करोड, ९७ लाख ११ हजार ९ सयबाट बृद्धि भइसात करोड, २२ लाख, १३ हजार आठ सय सेयर पूँजी पु¥याउन सस्था सफल भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->