पोखरा/संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले सहकारीका ७ सिद्धान्तबाट विचलित नभई अगाडि बढेकाले नै संकल्प सहकारी अहिलेको परिस्थितिमा आफूलाई जोखिमरहित भएको बताए ।
शेयर सदस्यहरुले सहकारीबाटै कारोबार गरेर संस्थालाई मजवुत बनाउन लाग्नुपर्ने उनले सुझाव दिए । पोखरा वडा नंम्बर ७ भित्रका सहकारीको अवस्था बुझ्न वडा कार्यलयले पनि अनुगमनलाई अगाडी बढाउने उनको भनाई थियो । महिला विकासका लागि आमा समुहका अध्यक्ष तुलसी बरालले सबै शेयर सदस्यहरुले बचत मात्र नभएर सहकारी मार्फत नै आफ्नो घरायसी एवम व्यवसायिक खर्च गर्ने हो भने मात्र मुनाफा वृद्विहुने बताइन । संस्थाका सल्लाहाकार सरोजनारायण बरालले शेयर सदस्य जति सक्रिय र चलायमान हुन्छन् उति नै मुनाफा हुने बताउदै संकल्प सहकारी सुस्त गतिमा सुरक्षित तवरले अगाडी बढ्को संस्था भएको बताए ।
सभामा बचत तथा ऋणतर्फ उत्कृष्ट कारोबार गर्ने टिकाकुमारी शर्मा र रामनाथ पौडेललाई सम्मान गरिएको थियो । संस्थाको कोषाध्यक्षको प्रतिवेदन हरिप्रसाद बराल र लेखा समितिको प्रतिवेदन सूर्यनाथ भट्टराईले प्रस्तुत गरे । संस्थाका अध्यक्ष पीताम्बर बरालको अध्यक्षतामा सम्पन्न सभामा स्वागत उपाध्यक्ष सावित्री बराल, सहकारी सिद्घान्त वाचन सदस्य अञ्जु आचार्य र संचालन सचिव नरेशप्रसाद बरालले गरेका थिए । संस्थामा हाल ८५ महिला र १३५ जना पुरुष गरि कुल २२० शेयर सदस्य रहेका छन् । संस्थाको कुल शेयर पुँजी २ करोड ८ लाख १ हजार ६ सय कायम रहेको छ ।




