मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पञ्चकोटमा लायन्स क्लब अफ मेरीगोल्डको सहयोग

पञ्चकोटमा लायन्स क्लब अफ मेरीगोल्डको सहयोग


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८१, आइतबार

बागलुङ/लायन्स क्लब अफ बागलुङ मेरी गोल्डले पर्यटकीय क्षेत्र, पञ्चकोटमा दानपेटिका हस्तान्तरण गरेको छ । साथै उक्त क्लबले सरसफाइ सामग्री बितरणसमेत गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा लायन्सले पञ्चकोट घुम्ने पर्यटक र भक्तजनले दान दिन खोज्दा पनि सुरक्षित स्थान नभेटेपछि उक्त पेटिका सहयोग गरेको हो । साथै कात्तिक ३० र मंसिर १ गते हुने लायन्सको डिष्ट्रिक्ट मिटिङमा आउनेहरुले पनि घुम्ने क्रममा पञ्चकोट प्रतिको आस्था र विश्वास बढाउन यो काम गरिएको अध्यक्ष यशोदा शर्माले बताइन् । उनले पञ्चकोट क्षेत्रमा सरसफाइलाई नियमित बनाउने पनि जानकारी दिइन् ।

क्लबले फोहोर संकलन बाल्टी, हातधुने सामानलगायत सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा पञ्चकोट विकास परिषद्का महासचिव माधवप्रसाद उपाध्यायले सबैको साथ र सहयोगबाटै पञ्चकोटलाई पर्यटकीय गन्तव्य बनाउन सकिने बताए । उनले धार्मिक साथै देशबिदेशबाट आउने पर्यटकको रोजाइकालागि पुरा गर्नुपर्ने धेरै योजना बाँकी भएकोले सबैको पहल आवश्यक पर्ने बताए । कार्यक्रम अध्यक्ष यशोदा शर्माको अध्यक्षता र तृतीय उपाध्यक्ष उमाशंकर सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै लायन्स क्लब अफ बागलुङले स्कुल एडप्टर कार्यक्रम अन्तरगत पञ्चकोटस्थित कन्या गुरुकुलममा साउण्ड सिस्तटम, तातोपानी तताउने डिस्पेन्सर हस्तान्तरण गरेको छ । शनिवार भएको कार्यक्रममा अध्यक्ष गीता क्षेत्री पौडेलले गुरुकुलमकी अध्यापक गोदादेवी रंगनायिकेलाई सााग्री हस्तान्तरण गरिन् । उक्त कार्यक्रममा लायन्स क्लब रिजन चियर पर्सन बद्री ढुंगाना र सचिव श्रीकृष्ण पौडेलले शुभकामना मन्तव्य दिएका थिए । सहयोगी अभियानमा लायन्सले देखाएको बाटो हिड्दा समाज बिकासमा सहयोग पुग्ने उनीहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->