बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जंगली च्याउ खाँदा नवलपुरमा एकैपरिवारका ५ जना बिरामी

जंगली च्याउ खाँदा नवलपुरमा एकैपरिवारका ५ जना बिरामी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८१, आइतबार
फाईल तस्बीर ।

नवलपुर / जंगल च्याउको तरकारी पकाएर खाँदा देवचुली नगरपालिकाका एकैघरका पाँचजना बिरामी भएका छन्। शनिबारको साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका-२ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शनिबार दिउँसो नजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी र ९ वर्षीया रिदिमा बिरामी परेका हुन्।

खाना खाएर सुतेका उनीहरुमा झाडापखाला हुने, रिंगटा लाग्नेसहितका लक्षण देखिएपछि सबैलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको छ। बिरामी सबैको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->