बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मनाङ एमाले अध्यक्षमा पोल्देन छोपाङ गुरुङ

मनाङ एमाले अध्यक्षमा पोल्देन छोपाङ गुरुङ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०८१, बिहिबार

मनाङ/ नेकपा एमालेको पाँचौं जिल्ला अधिवेशनबाट मनाङको अध्यक्षमा पोल्देन छोपाङ गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार भएको अधिवेशनले ४३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा झलकबहादुर गुरुङ, सचिवमा राजनबहादुर गुरुङ, उपसचिवमा मीना गुरुङ र छिरिङ गुरुङ चयन भए । सदस्यहरुमा कर्म गुरुङ, कान्छा घले, लोकेन्द्रबहादुर घले, मेलिना गुरुङ, बासुदेव थापा, मैत गुरुङ, मिङमर छिरिङ विष्ट, अर्बिन गुरुङ, टिआर गुरुङ लगायत ४१ जना चयन भएका छन् । अधिवेशनको सञ्चार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->