बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष

पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०८१, सोमबार

पोखरा/पोखरा महानगरपालिका वडा नं १७ सीतापाइलास्थित पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको उद्घाटन गरिएको छ । उक्त कक्षको शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका हुन् ।
बृद्धाश्रमको व्यवस्थापनमा दुई जना स्वास्थ्यकर्मीका साथै नौवटा विस्तारा, थेरापी मेसिन एवम् औषधि उपलब्ध जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको हो ।
कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए ।
स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनुु आवश्यक भएको बताउँदै उनले स्रोतको सुनिश्चिताका लागि आम्दानीको आधारमा विमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनुुपर्नेमा जोड दिए ।
देशको बजेटको चार प्रतिशत रकम मात्रै स्वास्थ्य क्षेत्रमा लगानी भएको बताउँदै मन्त्री पौडेलले राज्यले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उक्त रकम १० प्रतिशतको हाराहारीमा पुु¥याउनुु आवश्यक भएको दोहो¥याए ।
सरकारले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको निशुल्क उपचार, जलन रोगको निशुल्क उपचार जस्ता विषयलाई अघि सारेको बताउँदै उनले आम सर्वसाधारणको स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउने कुरामा सरकार निरन्तर लागिरेहको दाबी पनि गरे ।
पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बृद्धाश्रम सञ्चालन भए यता निरन्तर रुपमा असहाय ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->