बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मोटरसाइकल दुर्घटनामा बुलिङटारका युवाको मृत्यु

मोटरसाइकल दुर्घटनामा बुलिङटारका युवाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०८१, शनिबार

पोखरा / कालीगण्डकी कोरिडोरअन्तर्गत नपलपुरको बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना २७ प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थापाको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->