बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन युवती पक्राउ

बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन युवती पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८१, शनिबार

पोखरा / कास्की प्रहरीले बालबालिकालाई बन्धक बनाइ यौनकार्यमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । यौनकार्यमा लगाइएको ४ जना बालिकालाई प्रहरीले उद्दार गरेको छ।

प्रहरीले गोरखा पालुङ्टार गाउँपालिका ४ स्थायी घर भइ हाल पोखरा-६ लेकसाइडस्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने १९ वर्षीया ममता तामाङ, मकवानपुर बागमती गाउँपालिका- ८ स्थायी घर भइ हाल काठमाडौंको बूढानिलकण्ठ नगरपालिका-७ कपन बस्ने २३ वर्षीया रिना तामाङ र नवलपुर मध्यबिन्धु नगरपालिका-१० स्थायी घर भइ हाल पोखरा- ६ लेकसाइड बस्ने १९ वर्षीया जस्मिन ठकुरीलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूले ४ जना बालिकालाई राम्रो जागिर दिन्छु, तलब राम्रो हुन्छ भन्दै विश्वासमा पारी कोठा बाहिरसमेत निस्किन नदिइ परपुरुषसँग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याउँदै आएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->