काठमाडौं / गत असोज ३ देखि शनिबारसम्म ९० हजारभन्दा बढीले निःशुल्क धरहरा चढे। तर आइतबारबाट भने धरहरा चढ्दा शुल्क लिन थालिएको छ । आज पनि धरहरा चढ्नेको भीड घटेको छैन । आइतबार टिकट काटेर धरहरा चढ्नेहरूको पनि उत्तिकै भीड छ । अब धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रुपैयाँको टिकट लिनुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले भने उक्त रकममा ५० प्रतिशत छुट पाउनेछन्। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ।





तस्वीरः ढोरपाटन





