आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै’

‘लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै’


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८१, बिहिबार

काठमाडौं / लेबनान युद्धविराम एक राहत मात्रै भएको र मध्यपूर्वका लागि पूर्ण समाधान नरहेको विश्लेषण हुन थालेको छ । लेबनानका अधिकांश नागरिकका लागि यति चाँडै युद्धविराम हुन नसक्ने मध्यपूर्वमा भएको एक सम्मेलनका दौरान लेबनानी विश्लेषकले बताए ।

उनका अनुसार इजरायली आक्रमणमा ३५ सय बढी नागरिक मारिएको, १० लाख बढी मानिसहरु इजरायली सैन्य कारबाहीका कारण भाग्न बाध्य भएको र हजारौं घाइते भएको तथ्यहरु लुकाउन सकिँदैन र यी तथ्यसामु हालै भएको युद्धविराम राहत मात्रै हो ।

इजरायलमा अहिले पनि कतिपयलाई हिजबुल्लाहलाई थप नोक्सानी गराउने उपयुक्त मौका गुमाएको महसुस भइरहेको विश्लेषण ती लेबनानी जानकारले गरेका छन् । तर, यसबीचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने इजरायलको उत्तरी नगरपालिकाका प्रमुखसँग भेटघाट गरेर त्यहाँका नागरिकबारे सोधीखोजी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->