पोखरा/खेलकुदको क्षेत्रबाट अगाडी वढेको आदर्श युवा क्लब पोखरा २९ ले मंसिर २२ गतेदेखि आयोजना गर्न लागेको २५ औँ आदर्श कप २०८१ को पुर्व सन्ध्यामा राखेको रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ ।
क्लबको वार्षिक कार्यक्रमलाई समेत समावेश गरिएको रक्तदानमा ४५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक उद्धव गिरीले जानकारी दिएका छन् ।
विकासमा अनुशासन र गतिशीलता भन्ने मूल नाराका साथ स्थापित आदर्श युवा क्लबको २७ औँ वार्षिकोत्सवकाअवसरमा राखिएको रक्तदान कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले क्लबले आगाडी सारेका सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
क्लबका अध्यक्ष पदम गुरुङले संस्थाको वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरिएको र यहीं मंसिर २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने २५ औ आदर्श कप २०८१ को तयारी तीव्र रुपमा अगाडी वढेकाले सवैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न समेत अपिल गरेका थिए ।





