पोखरा/ नेशनल प्याव्सन कास्कीको आयोजनामा १४ औं नेशनल प्याव्सन खेलकुद महोत्सव– २०८१ हुने भएको छ । ‘एनप्याब्सन कास्कीको इच्छाः विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ खेलकुद महोत्सव मंसीर २५ देखि २८ गतेसम्म चल्ने नेशनल प्याव्सन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा जानकारी दिइयो ।
मंसीर २५ गते औपचारिक उद्घाटन भएपनि २१ गते देखि अनौपचारिक रुपमा प्रतिस्पर्धा हुने एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए । खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडी विद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धा गर्ने अधिकारीले जानकारी दिए । जुनियरतर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउने छन् ।
त्यसैगरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन् । चार दिनसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा कुल ९ सय २९ विद्यार्थी पुरस्कृत हुने छन् । २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ । यसपटक सडक दौड र पुरुष क्रिकेटलाई पनि समावेश गरिएको छ । मंसीर २२ गते कक्षा १ देखि १० सम्मका छात्र–छात्रा ५ किमि सडक दौड रहेको छ । योसँगै फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् ।
जिनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको छ । त्यसैगरी सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड पनि रहेको छ । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता रहेको छ । त्यस्तै हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल रहेको छ भने छात्र तर्फ इलाभेन ए साईड फुटबल र छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता रहेको छ । खेलकुद महोत्सवमा सदस्य विद्यालयका अभिभावक, खेलकुद प्रेमीहरू सहित १ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मंसीर २१ गतेदेखि अनौपचारिक खेलहरू सुरु भई मंसीर २५ गते औपचारीक रुपमा पोखरा रङ्गशालामा समुद्घाटन गरिने अध्यक्ष अधिकारीले जनाए । प्रतियोगिताको उद्घाटन संघीय खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्ने कार्यक्रम रहेको छ ।
संस्थासँग आवद्ध विद्यालयहरूको शैक्षिक एवम् सह–क्रियाकलापलगायत विविध क्षेत्रको उन्नति र प्रगतिमानिकै टेवापुग्ने विश्वासका साथ हामीले यो कार्यव्रmम गर्न लागेको अधिकारीले बताए । ‘विद्यार्थीको सर्वाङ्गीण विकासको लागि खेलकुद अपरिहार्य रहने गर्दछ’ अध्यक्ष अधिकारीले भने, ‘शारीरिक विकासविना मानसिक विकास सम्भव नहुने र त्यसकालागि खेलकुद अपरिहार्य रहेको कुरालाई यस संस्थाले आफ्नो स्थापनाकालदेखि निरन्तरता दिदै आएको छ ।’
कार्यक्रम सम्पन्न गर्न करिव ३५लाख खर्च लाग्ने अनुमान गरिएको छ । कार्यव्रmमलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । हेमन्त अधिकारीको संयोजकत्वमा मूल समिति, प्रेमराज अधिकारीको संयोजकत्वमा प्रचार प्रसार, कमल बहादुर मल्लको संयोजकत्वमा मार्च पास, अर्जुनप्रसाद पाण्डेको संयोजकत्वमा छात्र फुटबल र हिमाल गुरुङ छात्रा फुटबल, वेदकुमार श्रेष्ठको संयोजकत्वमा बास्केटबल, शिवराज पौडेलको संयोजकत्वमा टेबुलटेनिस, प्रकाशराज वाग्लेको संयोजकत्वमा भलिबल, ज्ञानेन्द्रबहादुर थापाको संयोजकत्वमा व्याडमिन्टन, रमेशराज पौडेलको संयोजकत्वमा क्रिकेट, अर्जुनप्रसाद अधिकारीको संयोजकत्वमा ह्याण्ड बल, विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ११, १२ फुटसल, केशवशरण पौडेलको संयोजकत्वमा एथलेटिक्स÷सडक दौड उपसमिति गठन गरिएको छ ।
त्यसैगरी हरिराज अधिकारीको संयोजकत्वमा स्वास्थ्य उपचार व्यवस्थापन, दिपु भारीको संयोजकत्वमा मञ्च सजावट साउण्ड सिष्टम, हेमन्त अधिकारीको संयोजकत्वमा न्यायिक छानविन तथा निर्णायक मनकाजी गुरुङको संयोजकत्वमा पुरस्कार व्यवस्थापन, युवक लामिछानेको संयोजकत्वमा शान्ति सुरक्षा व्यवस्थापन, प्रेमराज अधिकारीको संयोजकत्वमा सचिवालय, राजु केसीको संयोजकत्वमा खाना खाजा पानी तथा अतिथी व्यवस्थापन, राजु कायस्थको संयोजकत्वमा खेलकुद समन्वय तथा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सदस्य शिवराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
रनिङ शिल्डको अनावरण
एन प्याव्सन कास्कीले ट्रफीको अनावरण गरेको छ । १४ औं खेलकुद महोत्सवमा च्याम्पियन विद्यालयलाई प्रदान गर्ने रनिङ शिल्डको अनावरण गरिएको हो ।
रनिङ शिल्डको प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका उपाध्यक्ष धोजकुमार गुरुङ र एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संयुक्त रुपमा अनावरण गरेका हुन । चाँदी जडित उक्त रनिङ शिल्ड १ लाख २५ हजारमा बनेको अधिकारीले जानकारी दिए । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिी प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष गुरुङले खेल क्षेत्रमा एन प्याव्सनले पु¥याएको योगदान अतुलनिय रहेको बताए । ‘खेलाडी उत्पादन गर्ने ठाँउ नै विद्यालय हो तपाईहरुले गरेको यो महोत्सवले देश र अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडि निकाल सकोस्’ उनले भने, ‘तपाईहरुले गरेका खेलकुद गतिविधिमा समन्वय गरेर जानेछौ ।’ २०५५ सालमा स्थापना भएको एनप्याव्सनमा हाल ४९ विद्यालय आवद्ध रहेका छन् ।





