पोखरा/कास्की बचत तथा ऋण सहकारी संघको २४ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ ।
संघको आयोजना र रक्तसञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारी रजिष्ट्रारको कार्यलय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले संस्थापक अध्यक्ष नारायण शर्मा र संघका राष्ट्रिय प्रतिनिधि वर्षा केशव पराजुलीलाई ब्लड व्याग हस्तान्तरण गरि उद्घाटन गरे ।
रिजालले सहकारी मुल्य मन्यता र सिद्धान्त मुताविक सहकारी ऐन नियमवली अनुसार संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिए । नियमविपरित सञ्चालनमा रहेका सहकारीहरुलाई कानुनी दायरमा ल्याउन जुनसुकै कदम चाल्न पछि नपर्ने, नियम विपरीत रहेका केहि सहकारीहरुलाई सहकारी ऐन नियममा रहन निरन्तर ताकेता गरेको समेत उल्लेख गरे ।
कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष भेषराज बराल, पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारी, नेफ्सकुन संचालक कमला गिरि लगायतले सहकारीको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए ।
संघका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष केशवशरण पौडेलले र संचालन संघका सचिव मिनराज तिमाल्सिनाले गरेका थिए ।





