बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अलकापुरको रक्तदानमा ४८ युनिट संकलन

अलकापुरको रक्तदानमा ४८ युनिट संकलन


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०८१, मंगलबार

पोखरा/अलकापुर आमा समुह र नेपाल रेडक्रस सोसाइटी उपशाखा १५ को संयुक्त आयोजनामा शनिबार पोखरा–१५, अलकापुर, नयाँगाउँ स्थित शुक्लेश्वर महादेव मन्दिर प्राङ्गण भएको खुल्ला रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा वडा नं. १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति दण्डराज शर्माले पहिलो रक्तदाता सुर्यराज पराजुलीलाई व्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्दै रक्तदान जिवन दान भन्ने उद्धघोषलाई कार्यक्रम आयोजना गरेर साकार पार्ने कार्य गर्ने संस्थाहरुलाई आभार व्यक्त गर्दै सबैलाई यस प्रकारको पुण्यकार्यमा सहभागिहुन आग्रह गरेका थिए ।
पोखरा १५ निवर्तमान वडाअध्यक्ष प्रकाश पौडेल, जिल्ला सदस्य तथा उपशाखा पोखरा १५ का समन्वयकर्ता सुवास अधिकारी, जिल्ला सदस्य पार्वती कार्की, निवर्तमान सभापति कमलप्रसाद पौडेल, अलकापुर टोलविकास संस्थाका अध्यक्ष वेलबहादुर विश्वकर्मा, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाका सभापति शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक अलकापुर आमा समुहकी अध्यक्ष गिता शर्माले स्वागत र संचालन अलकापुर आमा समुहकी सचिव सुनिता शर्मा कँडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->