बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

संगम सहकारीको रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण

संगम सहकारीको रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०८१, बुधबार

पोखरा/पोखरा महानगरपालिका वडा नं १५ रामवजारमा रहेको संगम वचत तथा ऋण सहकारी संस्थाको रक्तदान तथा प्रेसर सुगर निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेकामा ८ जना पहिलो पटक रक्तदान गर्ने रहेका र सुगर प्रेसर ८५ जनाले जाँच गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि अल नेपाल होमीयोप्याथिक एशोसियसन गण्डकी प्रदेश समितिका अध्यक्ष तथा आरोग्यधाम होमियोप्याथिकहस्पिटलका संस्थापक डा. बिष्णुप्रसाद चापागाईंले रक्तदानको फाइदा बारे बताउँदै समय समयमा रगत परिक्षण गर्दै गर्नुपर्ने बताए । साथै उनले प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्दाका फाइदाबारे बताउँदै हामी जति प्रकृति नजिक रहेर जिवनयापन गर्न सक्छौं त्यति नै स्वस्थ दीर्घजीवन जिउन सकिने बताए ।
प्रादेशिक रक्तसंचार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र केसी, पोखरा हस्पिटलका सुपरभाइजर बुद्ध गुरुङ, सहकारीका ब्यबस्थापक बृहस्पति अधिकारी, स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखा अध्यक्ष कृष्ण रानाभाट, पुर्व प्रनानी पुष्पकमल श्रेष्ठ, संस्थाका कोषाध्यक्ष भरत बहादुर थापा, चौतारी आमा समुहकी अध्यक्ष मनु् थापा लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।
संगम बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बुद्धिमान थापाको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे टोलबिकास संस्था (क) का अध्यक्ष तुलबहादुर गुरुङले स्वागत र संचालन शिक्षा उपसमिति संयोजक तिलक थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->