आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सैन्य शासन घोषणा गरेकोमा दक्षिण कोरियी राष्ट्रपति यून सुक यउलले माफी मागे

सैन्य शासन घोषणा गरेकोमा दक्षिण कोरियी राष्ट्रपति यून सुक यउलले माफी मागे


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०८१, शनिबार

काठमाडौं/दक्षिण कोरियाका राष्ट्रपति यून सुक यउलले ‘मार्शल ल’ लागु गरेकोमा माफी माग्दै पुनः यस्तो कदम नचाल्ने वाचा गरेका छन् । मंगलबवार राती उनले घोषणा गरेको सैनिक शासन छ घण्टामै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो । त्यसपछि उनले महाअभियोगको सामना गरिरहेका छन् ।
राष्ट्रपतिको सम्बोधनपछि प्रतिक्रिया दिँदै सत्तारूढ पीपल्स पावर पार्टीका नेताले यूनले नियमित कामकाज जारी राख्न असम्भव रहेको बताए । ‘उनको अग्रिम राजीनामा अवश्यमभावी छ,’ पीपीपीका हान दोङ–हूनले भने । त्यसअघि टेलिभिजनमार्फत् छोटो सम्बोधन गर्दै राष्ट्रपति यूनले माफी मागेका थिए ।
‘म एकदमै क्षमाप्रार्थी छु र स्तब्ध भएका जनताहरूसँग माफी माग्न चाहन्छु,’ यूनले भने । मार्शल ल लागु गरेपछिको पहिलो राष्ट्रका नाममा गरिएको सम्बोधनमार्फत् उनले राजीनामा घोषणा गर्ने आकलन गरिएको थियो । तर उनले त्यसो गरेनन् । बरु उनले अवस्था सामान्य बनाउने जिम्मेवारी सत्तामा रहेको आफ्नो दललाई सुम्पिने बताए ।
उनले महाअभियोगको प्रसङ्गबारे केही उल्लेख गरेनन् । विपक्षी दलले अघि बढाएको महाअभियोगमा शनिबार मतदान हुँदै छ । कुल ३०० सदस्य रहेको संसद्बाट राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न विपक्षी दलहरूलाई सत्ताधारी पार्टीका आठ जना सांसदको समर्थन आवश्यक पर्छ ।
प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता ली जे-म्युङले राष्ट्रपतिको प्रतिक्रियाले मानिसहरूमा थप आक्रोश बढाएको बताएका छन् । उनले राष्ट्रपति यूनलाई पदबाट हटाउन आफूहरूले सक्दो प्रयास गर्ने बताएका छन् ।

राजनीतिक हलचल
यूनले मंगलबार राती घोषणा गरेको सैनिक शासनपछि दक्षिण कोरियामा राजनीतिक उतारचढाव जारी छ । उनले ‘राज्यविरोधी शक्तिहरू’ र उत्तर कोरियाबाट खतरा भएकाले सैन्य शासन लागु गरिएको बताएका थिए । तर उनको कदम बाह्य खतराभन्दा पनि आन्तरिक राजनीतिमा देखिएको समस्याका कारण चालिएको केही सममयमै प्रस्ट भइसकेको थियो ।
संसद्को कारबाही स्थगित गरिनुका साथै संसद् भवनभित्र प्रवेश गर्ने बाटो समेत बन्द गरिए पछि पर्खाल चढेर र अवरोधहरू नाघेर समेत सांसदहरू भवनभित्र प्रवेश गर्न सफल भएका थिए ।
सैनिक शासनका विपक्षमा १९० जना सांसदले मतदान गरेपछि राष्ट्रपति यूनको घोषणा फिर्ता भयो तर उनले फेरी यस्तो घोषणा गर्ने चिन्ता दक्षिण कोरियालीहरूमा हटिसकेको छैन ।
केही सांसदहरू ‘न्याश्नल असेम्ब्ली’ अर्थात् संसद् भवन नजिकै बसिरहेका थिए । केही गरी पुनः ‘मार्शल ल’ घोषणा भएको अवस्थामा त्यसलाई मतदानबाट निष्क्रिय बनाउन आफूहरू नजिकै बसेको उनीहरूको भनाई छ ।
सैन्य शासनको प्रयास गर्नु अघिबाटै यूनको लोकप्रियता घट्दो क्रममा रहेको सर्वेक्षणहरूले देखाएका थिए । त्यसको एउटा कारण उनीमाथि लागेको भ्रष्टाचारको अभियोग थियो भने अर्को कारण हालैको निर्वाचनबाट फेरिएको संसद्मा कम हुन पुगेको पार्टीको उपस्थितिपछि उनको शक्ति घट्नु थियो । अहिले दक्षिण कोरियाको संसद्मा विपक्षी दलको बहुमत छ ।
बीबीसी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->