हेमजा/नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिवार पोखरा–२५ हेमजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शिविरमा किरण गुरुङ मेडिकल र आर.सी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला सम्बन्धीत विभिन्न रोगहरुको परिक्षण गरिएको थियो । सोहि अवसरमा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको छ् ।
शिविरबाट विशेष गरि पोखरा–२५, हेमजा साथै छिमेकी गाउँपालिकाका गरि २ सयभन्दा बढी नागरीकहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रवत्ता एव.वडा न. २५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनाले रोग नलुकाइन समयमै स्वास्थ्य परिक्षण गर्न शिविररुले जनचेतना फैल्याउने भएकाले यस्ता कार्यक्रम निकै महत्वपुर्ण हुने बताए ।





