लेखनाथ/पोखरा महानगरपालिका वडा नं.३२ र रुपमा गाउपालिकाको वडा नं.६ रुपातालमा रहेको जय रुपा बचत तथा ऋण सहकारी सस्थाले राखेको पाँचौं खुला रक्तदानमा ३० युनिट रगत संकलन भएको छ ।
सस्थाले हरेक वर्ष सामाजिक उत्तरदाईत्व अन्तरगत राख्दै आएको रक्तदान कार्यक्रमका पहिलो रत्तदाता सस्थाका अध्यक्ष धिरज कुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले सहकारीले आफना सेयर सदस्यहरुहरुको आय आर्जनमा सहयोग पुग्ने खालका योजना ल्याउन आग्रह गरेका थिए ।
सहकारीले नाफाका लागि पैसाको मात्र किनवेच नगरी आफनो ठाउ विशेषका आधारमा सम्भावनाको खोजी कृर्षी उत्पादन तर्फ लाग्न सक्ने हो भने वास्तविक रुपमा सेयर सदस्यको जिवन स्तरमा सुधार आउन सक्ने अध्यक्ष श्रेष्ठको सुझाव थियो ।
सस्थाका अध्यक्ष धिरज कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक उत्तरदाईत्व उपसमितिकी सदस्य ईन्दु जोशी, सस्थाका सह सचिव बशन्त जोशी, सचिव श्रीधर लामिछाने, उपाध्यक्ष गणेश प्रसाद भण्डारी, सल्लाहकार गोविन्द प्रसाद पंगेनी, ब्यवस्थापक दिनेश घिमिरे र कार्यक्रम संयोजक सावित्रृ सुवेदीले सहकारीले आर्थीक रुपमा गरेको प्रगती र सामाजिक क्षेत्रमा गरेका कामको प्रभावले सहकारीमा जनताको विश्वास वढेको धारणा राखेका थिए ।





